‘ट्रफी घर ल्याउनेछौँ’ भन्दै सन्दीपको टोली एसीसी प्रिमियर कप यात्रामा
kalakarmi.com · Fri Aug 14 10:20:19 GMT 2026
काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली शुक्रवीर भारत प्रस्थान गर्नेछ । टोलीले भारतमा १० दिन तयारी गर्नेछ । भारतमा हुने तयारीपछि नेपाली टोली भारतबाटै मलेसिया प्रस्थान गर्ने तालिका रहेको छ । बिदाइ कार्यक्रममा कप्तान सन्दीप लामिछानेले टोली एसीसी प्रिमियर कप जित्ने लक्ष्यसहित मलेसिया जाने बताए । उनले पछिल्लो समयका खेलमा भएका कमजोरी पहिचान गरी सुधार गर्न भारतमा हुने १० दिने तयारी महत्वपूर्ण हुने बताए ।
Read full story at source (kalakarmi.com)