सरकारी खर्च कटौतीका लागि इन्डोनेसियाले घाटामा रहेका ७५० भन्दा बढी कम्पनी बन्द गर्ने
aarthiknews.com

जकार्ता । इन्डोनेसियाले घाटामा रहेका तथा न्यून उत्पादकत्व भएका ७५० भन्दा बढी सरकारी स्वामित्वका उद्यम बन्द गर्ने घोषणा गरेको छ। राष्ट्रपति प्राबोवो सुबिआन्तोले शुक्रबार संसद्मा सम्बोधन गर्दै यस वर्षको अन्त्यसम्ममा सरकारी उद्यमको व्यापक पुनर्गठन पूरा गरिने र जनताका लागि मूल्य सिर्जना गर्ने तथा उत्पादनशील संस्थालाई मात्र सञ्चालनमा राखिने बताएका छन् ।
राष्ट्रपति सुबिआन्तोका अनुसार सरकारी सम्पत्ति व्यवस्थापनका लागि गत वर्ष स्थापना गरिएको ‘दानान्तारा’ सार्वभौम सम्पत्ति कोषमार्फत अध्ययन गर्दा देशभर एक हजार ७४ सरकारी स्वामित्वका उद्यम रहेको पत्ता लागेको थियो। यसअघि आफूले सरकारी उद्यमको संख्या ३०० वा ४०० को हाराहारीमा मात्र रहेको अनुमान गरेको भए पनि वास्तविक संख्या निकै बढी रहेको उनले बताए ।
Read full story at source (aarthiknews.com)