बीपीको सिद्धान्त र विचारबाट गगन विचलित भए : चौधरी
baahrakhari.com · Fri Aug 14 11:59:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता उमाकान्त चौधरीले सभापति गगनकुमार थापाले बीपी कोइरालाको सिद्धान्त र विचारबाट विचलित भएको आरोप लगाएका छन् । पूर्वसहमहामन्त्री समेत रहेका चौधरीले इतर पक्षको राष्ट्रिय भेलामा बोल्दै सामाजिक लोकतन्त्र भन्नु गगन थापा नै विचलित हुनु रहेको बताए ।
“महामानव वीपीको आदर्श सिद्धान्त र विचारबाट गगन थापा विचलित हुँदै गएको देखियो,” उनले भने, “बीपी कोइरालाका राष्ट्रियता, लोकतन्त्र र समाजवादबाट विचलित भएर सामाजिक लोकतन्त्र भन्न थाल्नुभएको छ, यो भन्नु नै उहाँ विचलित हुनु हो । देशमा यो आवश्यक छैन । नयाँ युवालाई, पुस्तालाई कांग्रेसको आदर्शको बारेमा गगन थापाले भ्रम सिर्जना गरिराख्नुभएको छ, जुन पूरा हुँदैन, कांग्रेसले स्वीकार गर्न सक्दैन ।”
Read full story at source (baahrakhari.com)