अहिले नेपाली कांग्रेसको आधिकारिकता जहाँ छ, त्यहाँ शरीर मात्रै छ, आत्मा छैन : डा महत
khabarhub.com · Fri Aug 14 12:10:31 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले अहिले वैधानिकता प्राप्त गरेको कांग्रेससँग वास्तविक नेपाली कांग्रेसको आत्मा नभएको बताएका छन् । आज कांग्रेसको असन्तुष्ट पक्षले राजधानीमा आयोजना गरेको भेलामा बोल्दै डा महतले यस्तो बताएका हुन् ।
‘पार्टीको मूल मर्म र भावनालाई प्रतिनिधित्व गर्ने नेता र देशैभरीबाट साथीहरू यहाँ हुनुहुन्छ, उनीहरू हामीलाई चाहिँदैन, हामी एक्लै हाँक्छौँ भन्ने मानसिकता हावी भयो, त्यसले गर्दा सहमति हुन सकेन, त्यसमा हाम्रो कुनै दोष छैन, त्यसपछि हामीले यो राष्ट्रिय भेलाको आयोजना गर्यौँ’, उनले भने, ‘नेपाली कांग्रेसको अहिलेसम्म आधिकारिता अहिलेसम्म जहाँ छ, त्यसमा नेपाली कांग्रेसको आत्मा छैन, शरीर मात्रै छ, आत्मालाई जर्बजस्ती त्यो शरिरबाट धकेलेर निकालियो ।’
Read full story at source (khabarhub.com)