अरुण काबेली पावरको नाफा आधाभन्दा बढी घट्यो, प्रतिशेयर आम्दानी २ रुपैयाँमा सीमित
bishowkhabar.com · Fri Aug 14 12:10:44 GMT 2026

काठमाडौं– अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय रूपमा घटेको छ।
गत असार मसान्तसम्म कम्पनीले ७ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १६ करोड ९० लाख रुपैयाँको तुलनामा ५२ दशमलव ८७ प्रतिशत कम हो।
Read full story at source (bishowkhabar.com)