मधेसमा रगतको अभाव, जनचेतनाको कमीले रक्तदान न्यून हुँदा समस्या
ratopati.com · Fri Aug 14 12:34:09 GMT 2026

जनकपुरधाम । जनचेतनाको अभावले रक्तदानमा कमी आउँदा मधेस प्रदेशमा रगतको अभाव हुने गरेको छ । रक्तदान गर्दा शारीरिक रूपमा कमजोर भइन्छ भन्ने मानसिकताका कारण प्रदेशमा रक्तदान गर्नेको सङ्ख्या सीमित छ ।
रगतको अभावलाई केही हदसम्म न्यूनीकरण गर्ने उद्देश्यले शुक्रबार जनकपुरमा खुला रक्तदान कार्यक्रम आयोजना गरियो । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ जनकपुरले मधेस रक्तसञ्चार सेवा मुजेलियासँगको सहकार्यमा जनक चोकमा आयोजना गरेको कार्यक्रममा ४० पिन्ट रगत सङ्कलन भएको छ ।
Read full story at source (ratopati.com)