कृष्ण सिटौलाको सुझाव- गगन भाइ सभापति भन्न पटक्कै मन छैन, गल्ती सच्याउनुस्
onlinekhabar.com · Fri Aug 14 12:37:32 GMT 2026

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले गगन थापाले विशेष महाधिवेशन गरेर ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् । शुक्रबार कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सिटौलाले विशेष महाधिवेशनबाट सभापति चुनिएका थापालाई सभापति भन्न पटक्कै मन पनि नलागेको बताएका हुन् ।
‘हाम्रो युवा भाइ हुन् गगन थापा । भाइ भन्दा अन्यथा नहोला । सभापति भन्न मलाई पटक्कै मन लागेको छैन,’ सिटौलाले भने, ‘विशेष महाधिवेशनलाई मान्यता दिनै सकिएको छैन । त्यो अवैधानिक छ, अराजक ढंगले गरिएको छ ।’
Read full story at source (onlinekhabar.com)