गगनलाई भाइ भन्छु, सभापति भन्न मुखै लागेन : कृष्ण सिटौला
khabarhub.com · Fri Aug 14 12:37:28 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अवैधानिक र अराजक ढङ्गले गरिएको दाबी गर्दै त्यसलाई मान्यता दिन नसकिने बताएका छन् । पूर्वसभापति शेरबहादुर देउवा पक्षद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले विशेष महाधिवेशनमार्फत चयन गरिएको नेतृत्वलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेका हुन् ।
कार्यक्रममा बोल्दै नेता सिटौलाले महामन्त्री गगन थापातर्फ लक्षित गर्दै आफूले उनलाई भाइका रूपमा मात्र हेरेको र सभापति भन्न मुखै नलागेको बताए । आफूहरूको विरोध कुनै व्यक्तिगत पूर्वाग्रह नभई पार्टीको विधि र मान्यताको विषय भएको उनको भनाइ थियो । मानिसको जीवनमा गल्ती हुनु स्वाभाविक रहेको उल्लेख गर्दै उनले ती गल्तीहरूलाई आत्मसात गरेर सच्याउन सक्नु नै महानता हुने टिप्पणी गरे ।
Read full story at source (khabarhub.com)