रवि-बालेन सम्बन्धभित्रको घटनांश (भिडियो)
ratopati.com · Fri Aug 14 12:43:05 GMT 2026

काठमाडौँ । हल्लाहरू आउँछन् प्रधानमन्त्री बालेन्द्र शाह र उनको पार्टी रास्वपाका सभापति रवि लामिछानेबिच सम्बन्ध चिसिन थाल्यो । बालेनले रविलाई भेट्नै मानेनन् । अझ संसद्मा रवि पक्षका भनिने सांसदहरूले आफ्नै पार्टीको सरकारको आलोचना गर्दा साँच्चै हो कि जस्तो पनि लाग्छ ।
भित्री कुरो बाहिर आएजस्तो नहुन सक्छ । रवि र बालेनबिचको सम्बन्धमा उतारचढाव कहिल्यै नआउला भन्ने ठोकुवा गर्न पनि सकिन्न । तर अहिलेसम्मका लागि यति चाहिँ भन्न सकिन्छ, उनीहरूले सार्वजनिक रूपमा आफूहरूबिच सम्बन्ध बिग्रिएको कतै बोलेका पनि छैनन् र घटनाक्रमले पनि सहजै पुष्टि गर्न सक्दैनन् । दुवैले एकअर्कामाथि भरोसा राख्छन् भन्ने आधारहरू चाहिँ थुप्रै छन् । के-के छन् ती आधार ? रातोपाटीको नयाँ स्तम्भ ‘घटनांश’मा यसलाई केलाइएको छ ।
Read full story at source (ratopati.com)