सामाजिक सञ्जालमार्फत प्राप्त भिडिओको आधारमा प्रहरी भ्यानमाथि नै ट्राफिक कारबाही
techpana.com · Fri Aug 14 12:42:54 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाले सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडिओलाई आधार मानेर ट्राफिक नियम उल्लङ्घन गर्ने प्रहरीकै सवारी साधनलाई कारबाही गरेको छ। नियम पालना गराउने निकायका कर्मचारीबाटै नियमको धज्जी उडाइएको भन्दै आलोचना भएपछि ट्राफिक प्रहरीले यो कदम चालेको हो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त भिडिओमा एउटा सेतो रङको प्रहरी भ्यान सडकको डिभाइडर (आइल्याण्ड) माथि चढेको देखिएको थियो । उक्त दृश्य सार्वजनिक भए लगत्तै सर्वसाधारणले कानुनी राज्यमा नियम सबैका लागि बराबर हुनुपर्ने भन्दै प्रश्न उठाएका थिए । सोही जन-गुनासो र प्राप्त प्रमाणका आधारमा ट्राफिक प्रहरीले अनुसन्धान गरी सवारी चालकलाई कारबाहीको दायरामा ल्याएको हो ।
Read full story at source (techpana.com)