शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशतः २१४ सडक-पुल निर्माण सम्पन्न
makalukhabar.com · Fri Aug 14 13:03:19 GMT 2026

काठमाडौं । शङ्खरापुर नगरपालिकाले विकास योजनामा ७७.२७ प्रतिशत प्रगति भएको बताएको छ । शुक्रबार साँखुमा नगरपालिकाद्वारा आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रममा विभिन्न शाखा तथा उपशाखाले एक वर्षभरि सम्पादन गरेको कामकारबाहीबारे छलफल गरिएको हो ।
कार्यक्रममा नगरपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख राममणि ढकालका अनुसार आव २०८२/८३ मा भाषा, कला, संस्कृति र पर्यटन शीर्षकमा ८८ योजनामध्ये ७५ वटा सम्पन्न भएको छ । ढकालले स्वास्थ्य पूर्वाधारका तीन योजनामध्ये दुईवटा सम्पन्न भएको, शिक्षा खेलकुद पूर्वाधारमा आठ योजनामध्ये सात सम्पन्न भएको, खानेपानी र सरसफाइतर्फ २२ योजनामध्ये १८ योजना सम्पन्न भएको जानकारी दिए ।
Read full story at source (makalukhabar.com)