काठमाडौँका ५ स्थानबाट शनिबार ग्यास बिक्री गरिँदै
ratopati.com · Fri Aug 14 13:33:46 GMT 2026

काठमाडौँ। नेपाल आयल निगमले शनिबार काठमाडौँका विभिन्न ५ स्थानबाट ग्याँस बिक्री वितरण गर्ने भएको छ। खाना पकाउने ग्यासको अभाव झेल्दै आएका उपभोक्ताहरूलाई लक्षित गरी यस्तो व्यवस्था गर्न लागिएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा शनिबार ग्यास उद्योगीहरू मार्फत तोकिएका स्थानहरूमा विभिन्न ब्रान्डका ग्याँस सिलिन्डरहरू उपलब्ध गराइने निगमले जनाएको छ।
Read full story at source (ratopati.com)