संसद् भवन परिसरमा गरियो वृक्षारोपण
baahrakhari.com · Fri Aug 14 13:33:23 GMT 2026

काठमाडौं । निर्माणाधीन संसद् भवन परिसरमा वृृक्षारोपण गरिएको छ । शुक्रबार संघीय संसद् सचिवालयले भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम आयोजना गरेको हो । सुरुआतमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले एभोकाडोको बिरुवा रोपे ।
संसद् भवन परिसरलाई प्राकृतिक रूपमा समेत सुन्दर, हराभरा र आकर्षक बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सभामुख अर्यालले बताए ।
Read full story at source (baahrakhari.com)