जनमतले थला पारे पनि मैदान छाड्न तयार छैनन् पुराना ‘खेलाडी’
news24nepal.tv · Fri Aug 14 13:39:00 GMT 2026

काठमाडौँ । जेनजी आन्दोलनले केवल सरकार परिवर्तन गरेको थिएन, उसले दशकौँदेखि जमेको राजनीतिक संरचनामाथि नै गम्भीर प्रश्न उठाएको थियो । भ्रष्टाचार, बेथिति, जवाफदेहिताको अभाव र पुरानै अनुहारको निरन्तरताविरुद्ध सडकमा उत्रिएको युवापुस्ताले गत वर्ष भदौ २३ गतेदेखि दिएको धक्काले कांग्रेस–एमाले गठबन्धन सरकार ढल्यो । त्यसपछि अन्तरिम सरकार बन्यो, संसद् विघटन भयो र नयाँ निर्वाचनमार्फत राजनीतिको पुरानो समीकरण उल्ट्याउने प्रयास भयो । तर, एक वर्ष पुग्नै लाग्दा फेरि उही पुरानै राजनीतिक खेलाडीहरु मैदानमा देखिन थालेका छन् ।
गत फागनु २१ को निर्वाचनमा पुराना दलहरूले ठूलो धक्का बेहोर्यो । नेतृत्व हस्तान्तरण, पार्टी पुनर्गठन र नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवाज कांग्रेस, एमाले र नेकपाभित्रै चर्कियो । जनताले मतमार्फत पुरानो नेतृत्वलाई अस्वीकार गरेको सन्देश पनि दिए । तर निर्वाचनको धुलो बस्न नपाउँदै पुरानै नेताहरू फेरि राजनीतिको केन्द्रतर्फ फर्किन थालेका छन् ।
Read full story at source (news24nepal.tv)