गगन- विश्वकाे कारवाही फिर्ता गराैं, देउवाकाे नेतृत्वमा १५ ओै महाधिवेशन गराैं : दुजाङ शेर्पा
reportersnepal.com · Fri Aug 14 13:38:46 GMT 2026

काठमाडौं । नेविसंघका निवर्तमान सभापति दुजाङ शेर्पाले गगन थापा र विश्वप्रकाश शर्मामाथिकाे कारवाही फिर्ता गरेर शेरबहादुर देउवाकाे नेतृत्वमा १५ ओै महाधिवेशन गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आजबाट शुरू कांग्रेसकाे राष्ट्रिय भेलालाई सम्बाेधन गर्दै उनले यस्ताे माग गरेका हुन् । तत्कालिन कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वकाे कार्यसमितिले थापा र शर्मालाई कारवाही गरेकाे थियाे ।
` आदरणीय नेताहरू गगन थापा र विश्वप्रकाश शर्मामाथि कारवाही फिर्ता गराैं । १४ ओै महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाकाे नेतृत्वमा १५ओै महाधिवेशन सुनिश्चित गराैं,´ शेर्पाले भने । उनले सभापति देउवा नेपाल फर्कँदा विमानस्थलमा गगन थापाले गएर संस्कार देखाउन चुकेकाे पनि बताए । शेर्पनले कांग्रेस कमजाेर हुँदा लाेकतन्त्र र राष्ट्रियता नै कमजाेर हुने भन्दै उनले पार्टीभित्र वृहत्तर एकताकाे पक्षमा जाेड दिए ।
Read full story at source (reportersnepal.com)