काठमाडौंमा भोलि विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गरिने
aarthiknews.com

काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा ग्यास सिलिन्डर बिक्री वितरणका लागि विभिन्न पाँच स्थान तोकेको छ। निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौं र ग्यास उद्योगीहरूसँगको समन्वयमा शनिबार काठमाडौंका विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको हो।
निगमका अनुसार भोलि साउन ३० गते शनिबार काठमाडौंको टेकुस्थित निगमको परिसर, चाबहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुरको राधास्वामी परिसर, बसुन्धराको राधास्वामी परिसर र बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास सिलिन्डर बिक्री गरिनेछ।
Read full story at source (aarthiknews.com)