सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती
ratopati.com · Fri Aug 14 14:10:00 GMT 2026

म्याग्दी । रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकको मुख्य चुनौती बनेको छ। उत्तरी म्याग्दीका रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम चीन र भारतलाई जोड्ने सडक पनि हो।
कालीगण्डकी नदीको तिरबाट भगवतीको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो जाने जोखिम बढेपछि बिचमा पर्ने सडकमा यातायात सञ्चालन गर्न जोखिम बन्दै गएको स्थानीय बताउँछन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले सिरुबारी पहिरोले बर्खायाममा बेनी-जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या हुँदै आएको बताए।
Read full story at source (ratopati.com)