आज राति यी स्थानमा वर्षाको सम्भावना
barnanmedia.com · Fri Aug 14 14:25:05 GMT 2026

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) साँझ ६ बजे जारी गरेको बुलेटिनअनुसार हाल कोसी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल लागेको छ।
मधेस प्रदेश साथै गण्डकी र लुम्बिनी प्रदेशका तराई भेगको आकाशमा आंशिक बादल लागेको छ भने कोसी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र गण्डकी प्रदेशका एक-दुई स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ।
Read full story at source (barnanmedia.com)