स्वयम्भुबाट १ लाख ७१ हजार नगदसहित ४ जना जुवाडे पक्राउ
ratopati.com · Fri Aug 14 15:16:50 GMT 2026

काठमाडौँ। प्रहरीले काठमाडौँ महानगरपालिका–१५ स्थित स्वयम्भुबाट जुवा खेल्दै गरेका ४ जनालाई पक्राउ गरेको छ। शुक्रबार प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले आरोपीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौँ–१६ घर भएका २७ वर्षीय प्रदीप थापा मगर, काठमाडौँ–१६ वनस्थली बस्ने ३२ वर्षीय सुमेश प्रजापति, नुवाकोटको तार्केश्वर गाउँपालिका घर भएका भएका ४० वर्षीय कृष्ण बहादुर तामाङ र ललितपुर इमाडोल बस्दै आएका ३६ वर्षीय रिसब सुवाल छन् ।
Read full story at source (ratopati.com)