काठमाडौँमा यी स्थानबाट ग्यास बिक्री गरिँदै
nepalnews.com · Fri Aug 14 15:24:58 GMT 2026

काठमाडौँ। खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले शनिबार काठमाडौँका विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगीहरूले टेकुस्थित निगम परिसर, चाबहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुर र बसुन्धरास्थित राजस्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट विभिन्न ब्रान्डका ग्यास बिक्री गर्ने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।
Read full story at source (nepalnews.com)