अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गरेको आरोपमा एक जना पक्राउ
lokaantar.com

प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित आरपी फार्मास्युटिकल्स प्रालिमा अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ भइरहेको अवस्थामा फर्म सञ्चालक राहुलकुमार चौहानलाई आज नियन्त्रणमा लिइएको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए ।
Read full story at source (lokaantar.com)