मधेस प्रदेशका कर्मचारीको बढ्यो तलब
annapurnapost.com · Fri Aug 14 15:29:46 GMT 2026

काठमाडौं : मधेस प्रदेश सरकारले प्रदेश निजामती तथा स्थानीय सेवाका कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरेको छ। प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा गरिएको नीतिगत व्यवस्थाअनुसार साउन १ गतेदेखि लागू हुने गरी कर्मचारीको तलब बढाउने निर्णय गरेको हो।
प्रदेश निजामती सेवा तथा स्थानीय सेवाका सम्पूर्ण श्रेणी र तहका कर्मचारीको सुरु स्केलको आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरी नयाँ तलबमान, ग्रेड रकम तथा अधिकतम ग्रेड सङ्ख्या स्वीकृत गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
Read full story at source (annapurnapost.com)