मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद
khabarhub.com · Fri Aug 14 15:36:37 GMT 2026

कास्की – गए रातिको अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्याएपछि बिरेठाँटी-घान्द्रुक बीचको सम्बन्ध टुटेको छ । अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा अविरल वर्षापछि आएको बाढीले सडकमा क्षति पुर्याउनुका साथै एउटा कच्ची घर बगाएको छ ।
बाढीका कारण बिरेठाँटी-घान्द्रुक पक्की सडकखण्डसहित चिमुङ, स्याउलीबजार र स्याउलीबजारबाट सार्दीखोला जाने सडकमा कटान भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । उनका अनुसार बाढीका कारण बिरेठाँटी बजारका सडक पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने अन्नपूर्ण-७, ८, ९, १० र ११ का सडक पनि अवरुद्ध भएका छन् ।
Read full story at source (khabarhub.com)