नेपाल भलिबल लिगको पहिलो संस्करण भदौ १९ गतेदेखि
ratopati.com · Fri Aug 14 15:48:52 GMT 2026
काठमाडौँ। नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण आगामी भदौ १९ देखि २७ गतेसम्म आयोजना हुने भएको छ। नेपाल भलिबल लिगले सामाजिक सञ्जालमार्फत प्रतियोगिता सेप्टेम्बर ४ देखि १२ (भदौ १९–२७) सम्म आयोजना हुने जानकारी दिएको हो । प्रतियोगितामा ६ टोलीले सहभागिता जनाउनेछन्।
‘द वेट इज ओभर’ भन्दै आयोजकले एनभीएलको पहिलो संस्करणको मिति सार्वजनिक गरेको हो। आयोजकले प्रतियोगितालाई नेपाली भलिबलमा नयाँ उचाइको सुरुवातका रूपमा प्रस्तुत गरेको छ।
Read full story at source (ratopati.com)