धुलिखेल अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन हुने
baahrakhari.com · Fri Aug 14 16:01:00 GMT 2026

काभ्रे । धुलिखेल सामुदायिक अस्पतालले आगामी भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ओपिडी सेवा पुनः सञ्चालन गर्ने भएको छ ।
ओपीडीबाहेकका अन्य सेवा भने तत्काल बिमाअन्तर्गत सञ्चालन नहुने अस्पताल प्रशासनले जनाएको छ । धुलिखेल अस्पतालले संघीय सरकारको स्वास्थ्य बिमा बोर्डबाट निर्धारित स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गर्दै आएको थियो । तर, बोर्डबाट सेवा प्रदान गरेबापत पाउनुपर्ने भुक्तानी लामो समयदेखि प्राप्त नभएपछि अस्पतालले गत असार १५ गतेदेखि स्वास्थ्य बिमा सेवा पूर्णरूपमा स्थगित गरेको थियो ।
Read full story at source (baahrakhari.com)