नौमती बाजा जोगाउँदै आमाहरू
nepalsamaya.com · Fri Aug 14 16:25:42 GMT 2026

काठमाडौं। बुबाले नौमती बाजा बजाएको देख्दा सरिता परियारको बाल मनस्थितिमा आफूले पनि सिक्न पाए हुन्थ्यो भन्ने इच्छा पलाएको थियो। त्यतिबेला उनले बुबाको तीतो जवाफ पाइन्, 'महिलाले बाजा छुनु हुँदैन।' 'छोरीले बाजा छुनु अशुभ हुन्छ', भन्ने जवाफ पाएपछि सरिताको मन खुम्चिएको थियो तर समयले सबै फेरिदिन्छ।
बाल्यकालमा महिलाले बाजा छुन नहुने भन्दै सुन्दै आएकी सरिता अहिले नौमती बाजा संरक्षण गर्ने अभियानमा जुटेकी छन्। यतिमात्रै होइन, बाजाको संरक्षणसँगै आयआर्जनसमेत गर्दै आएकी छन्। उनी भन्छन्, 'बुबाले छुनुहुन्न भन्नुहुन्थ्यो, अहिले हामीले नबजाए नौमती बाजा लोप हुने स्थिति छ।'
Read full story at source (nepalsamaya.com)