रोल्पा पहिरोका पीडितलाई सरकारले क्षतिपूर्ति दिने
baahrakhari.com · Fri Aug 14 17:25:34 GMT 2026

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रोल्पा पहिरोमा परेर ज्यान गुमानेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साउन २७ र २८ गते राति पहिरोमा परी ज्यान गुमाएका १५ जनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दु:ख व्यक्त गरेको हो ।
फलबाङ र गिच्छेमा पहिरो जाँदा दुई जना घाइते भएका छन् भने कतिपय घर भत्किएका छन् । सरकारले मृतक, घाइते तथा आवास भत्किएका परिवारलाई क्षतिपूर्ति दिने घोषणा पनि गरेको छ । विज्ञप्तिमा भनिएको छ,''प्रभावित परिवारलाई विपद् संवेदनशील सामाजिक सुरक्षा मापदण्ड अनुसार आर्थिक सहायता प्रदान गरिनेछ ।''
Read full story at source (baahrakhari.com)