एटनाको खरानीले कतानिया विमानस्थल शनिबारसम्म बन्द, सयौँ उडान प्रभावित
barnanmedia.com · Fri Aug 14 22:19:56 GMT 2026

गर्मी बिदाको मुख्य सिजनमा विमानस्थल बन्द हुँदा हजारौँ यात्रु प्रभावित भएका छन्। लामो समयको अवरोधका कारण सिसिलीका अन्य विमानस्थलमा समेत यात्रुको चाप बढेको छ।
युरोपकै सबैभन्दा अग्लो र सक्रिय ज्वालामुखी एटना पटक–पटक विस्फोट हुँदा कतानिया विमानस्थलको उडान प्रभावित हुँदै आएको छ। ज्वालामुखीय खरानीलाई हवाई उड्डयनका लागि गम्भीर जोखिम मानिन्छ। यसले विमानका प्रणालीमा क्षति पुर्याउनुका साथै विमानका इन्जिनसमेत बन्द हुन सक्ने जोखिम हुन्छ।
Read full story at source (barnanmedia.com)