होर्मुज जलडमरू मध्यमा जहाज आवागमन झनै सुस्त, इरानमाथि थप आर्थिक दबाबको अमेरिकी चेतावनी
barnanmedia.com · Fri Aug 14 22:50:17 GMT 2026

होर्मुज जलडमरू मध्यमा जहाज आवागमन शुक्रबार झनै सुस्त भएको छ। जलडमरूमध्यबाट पार हुने क्रममा थप दुईवटा जहाजमाथि आक्रमण भएपछि व्यावसायिक जहाजको आवागमन लगभग ठप्पजस्तै बनेको हो। अमेरिकाले इरानमाथि थप आर्थिक दबाब बढाउने चेतावनी दिएसँगै जलडमरूमध्यमा तनाव थप चुलिएको छ। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानमाथि लगाइएको नौसैनिक नाकाबन्दीलाई अनिश्चितकालसम्म कायम राख्न सकिने बताएका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबी नेसनल आयल कम्पनीका दुईवटा जहाजमाथि बिहीबार साँझ होर्मुज पार गर्ने क्रममा आक्रमण भएको थियो। यूएई सरकारले घटनाका लागि इरानलाई जिम्मेवार ठहर गरेको छ। इरानले भने यसबारे तत्काल प्रतिक्रिया दिएको छैन।
Read full story at source (barnanmedia.com)