दोलखाको तामाकोशी खोलामा खोलाको बीच भागमा एकजना व्यक्ति
barnanmedia.com · Fri Aug 14 23:11:39 GMT 2026

दोलखाको बिगु गाउँपालिका–१, सिस्नेरीस्थित तामाकोशी खोलामा खोलाको बीच भागमा एकजना व्यक्ति फसेका छन् । खोलाको दुवैपट्टी बाढी आउँदा ती व्यक्ति फसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोषकुमार खड़काका अनुसार तामाकोशी पाँचौं जलविद्युत आयोजनाको अडिट–१ मा कार्यरत कालिञ्चोक गाउँपालिका–४ चप्लेटी निवासी २३ वर्षीय अभियान थामी खोलाको बीचमा फसेका हुन् । उनी माछा मारेर फर्किने क्रममा त्यहाँ फसेको प्रहरीले जनाएको छ
Read full story at source (barnanmedia.com)