बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च
ratopati.com · Fri Aug 14 23:44:28 GMT 2026

मुस्ताङ । चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडक मार्ग योजनाका लागि आठ अर्ब ९६ करोड बढी वित्तीय खर्च भएको छ । कालिगण्डकी करिडोर कोरला सडक योजनाले सुरुआती आव २०७३/०७४ देखि आव २०८२र०८३ सम्मको अवधिमा उक्त बजेट खर्च भएको जनाएको छ ।
कोरला सडकका योजना प्रमुख तेजस्वी शर्माका अनुसार गतवर्षसम्म कोरला सडक योजनाको साबिक लागत अनुमान दश अर्ब ५६ करोड रहेकोमा आठ अर्ब ९६ करोड बजेट खर्च भएको उल्लेख गरेको छ । योजनाको पछिल्लो संशोधित लागत अनुमान १५ अर्ब पुर्याइएको । उनले पछिल्लो संशोधित लागत अनुमानअनुसार (बेनी–जोमसोम–कोरला) सडक योजनाको समग्र भौतिक प्रगति ६५ प्रतिशत र वित्तीय प्रगति ६० प्रतिशत पुगेको छ ।
Read full story at source (ratopati.com)