देउवा–कोइरालाको रणनीतिक निकटता
annapurnapost.com · Sat Aug 15 00:43:25 GMT 2026

काठमाडौं : कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा रहेकै बेला पूर्वसभापति शेरबहादुर देउवा पक्षले शुक्रबार राष्ट्रिय भेलाको आयोजना गर्यो। पार्टी विभाजन रोक्नुपर्ने र पुरानो संरचनालाई पुनः एकीकृत गर्नुपर्ने देउवापक्षीय नेताहरूको जोड रह्यो। भेलाको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक सन्देश भने पूर्वप्रधानमन्त्री तथा निवर्तमान सभापति देउवाको पुनः केन्द्रीय भूमिकामा देखिएको सक्रियता हो।
देउवाले स्वयं पार्टीभित्र भावनात्मक एकता आवश्यक रहेको भन्दै कांग्रेस कमजोर हुँदा लोकतन्त्र र राष्ट्रियता दुवै कमजोर हुने चेतावनी दिए। राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले गत पुसमा भएको विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाएको दाबी गरे। विशेष महाधिवेशनसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुनरावलोकनको अवस्थामा रहेको भन्दै उनले अदालतबाट न्याय हुनेमा आफू विश्वस्त रहेको बताए।
Read full story at source (annapurnapost.com)