रास्वपा सांसद सुनारको आक्षेपमा गृह प्रशासन ‘सिरियस’
annapurnapost.com · Sat Aug 15 00:47:54 GMT 2026

काठमाडौं : संसदीय समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले गृहसचिव र प्रहरी प्रमुखहरूप्रति आक्षेपलाई गृह प्रशासनले निकै गम्भीर लिएको छ । गृहमन्त्री सुधन गुरुङले कुनै आधार र कानुनी प्रक्रिया पूरा नगरी उजुरी वा आरोपकै भरमा चरित्रहत्या गर्ने छुट कसैलाई नभएको भन्दै आपत्ति जनाएका हुन्।
शुक्रबार कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री गुरुङले उजुरीको भरमा कसैमाथि आक्षेप लगाउन नमिल्ने बताए। ‘कसैलाई एउटा उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन। आरोप कसैले जे लगाउन पनि सक्यो भन्दैमा कसैको चरित्रहत्या गर्न पाइँदैन,’ उनले भने, ‘त्यसमा गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ। गृहमन्त्री गुरुङले कुनै व्यक्तिमाथि लागेको आरोप पुष्टि नभएसम्म उनलाई दोषी करार गर्न नमिल्ने बताए।
Read full story at source (annapurnapost.com)