काठमाडौंमा आज पाँच ठाउँबाट ग्यास बिक्री, कुन ब्रान्डका सिलिन्डर कहाँ पाइन्छ ?
kendrabindu.com · Sat Aug 15 01:03:01 GMT 2026

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार विभिन्न ब्रान्डका ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ । निगमले खाना पकाउने ग्यासको अभावमा रहेका उपभोक्ताका लागि भन्दै सूचना जारी गरेको हो ।
निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास, यातायात कार्यालय परिसर चाबाहिलबाट नेपाल र एचपी र राधास्वामी, किर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ग्यास वितरण गर्ने भएको हो ।
Read full story at source (kendrabindu.com)