इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प: सुनामीको चेतावनी जारी
lokaantar.com

इन्डोनेसियाको पूर्वी तट नजिकै शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि राष्ट्रिय जिओफिजिक्स एजेन्सीले स्थानीय रूपमा सुनामीको चेतावनी जारी गरेको सीएनएनले जनाएको छ । तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरिएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शक्तिशाली भूकम्पलगत्तै ५.९, ५.६ र ६.१ म्याग्निच्युडका तीनवटा पराकम्पहरू गएका थिए। इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले फ्लोरेस टापु नजिकै गएको यो कम गहिराइको पानीमुनिको भूकम्पपछि प्रभावित तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थान तथा अग्ला भूभागतर्फ जान आह्वान गरेको छ। एपीका अनुसार राष्ट्रिय एजेन्सीले बासिन्दाहरूलाई समुद्र तट र नदी किनारबाट टाढा रहन कडा निर्देशन दिएको छ।
Read full story at source (lokaantar.com)