हेटौँडा बसपार्कमा पार्किङ विवादले उग्र रूप लियो, धारिलो हतियार प्रहारबाट चार घाइते
nagariknews.nagariknetwork.com · Sat Aug 15 01:25:32 GMT 2026

हेटौँडा उपमहानगरपालिका-१० स्थित बसपार्कमा गाडी पार्किङको विषयलाई लिएर भएको विवादले उग्र रूप लिँदा धारिलो हतियार प्रहारबाट चार जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब ११ः३० बजे मनहरी गाउँपालिका-१ मकरीका ३१ वर्षीय लक्ष्मण बर्तौलासहितका व्यक्तिबीच गाडी पार्किङको विषयमा विवाद भएको थियो। विवाद बढ्दै जाँदा धारिलो हतियार प्रहार भएपछि चार जना घाइते भएका हुन्।घाइते हुनेमा मनहरी-६ का २७ वर्षीय जीवन गोले,ओखलढुङ्गा सिंहदेवी-७ का २८ वर्षीय राइज आले मगर,चितवन राप्ती-२ मिलनटोलका ३२ वर्षीय रामबहादुर पाख्रीन र राप्ती-४ डडुवाका २८ वर्षीय जीवन तामाङ रहेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)