देशभर मनसुनी वायुको प्रभाव : बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना
bishowkhabar.com · Sat Aug 15 01:40:05 GMT 2026

काठमाडौ– जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको जानकारी दिएको छ ।
हाल कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । मधेश प्रदेश साथै गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागमा आंशीक बादल लागेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका केहि स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र गण्डकी प्रदेशका एक–दुई स्थानमा मध्यमसम्मको पानी परिरहेको छ ।
Read full story at source (bishowkhabar.com)