दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
nagariknews.nagariknetwork.com · Sat Aug 15 01:39:24 GMT 2026

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्। मिथिलाञ्चलमा मौनापञ्चमी भनिने साउन कृष्ण पञ्चमीका दिन मिथिलानीले सुरु गरेका यो पर्व आज १३ औँ दिन समापन गर्न लागेका हुन्। साउन कृष्ण पञ्चमीका दिन सुरु गरिने यो पर्व साउन शुक्ल त्रितीया तिथिका दिन समापन गर्ने मैथिल परम्परा छ।
पतिपत्नीबीच प्रगाढ प्रेम सम्बन्धको कामनाका साथ नवविवाहिता मिथिलानीले यो पर्व विवाह भएको वर्षमा मनाउने चलन छ। पतिले पठाइदिने पूजा सरदाम (सामग्री)बाट यो पर्व मिथिलानीले माइतीघरमा मनाउँछन्। पतिले पठाइदिने सामग्रीमा पर्वअवधिको खाद्य सामग्री, नयाँ वस्त्र परिधान र आभूषण हुने गर्छ।
Read full story at source (nagariknews.nagariknetwork.com)