बाढी र पहिरोले विभिन्न सडक अवरुद्ध
reportersnepal.com · Sat Aug 15 02:03:52 GMT 2026

काठमाडौं, साउन ३० । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले शनिबार बिहान ६ः३० बजेसम्मको बाढीपहिरोको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको जनाएको छ ।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै हरेक दिन साँझ ६ देखि बिहान ४ बजेसम्म सबै सवारीसाधनको आवागमन रोक लगाइएको छ । उक्त सडकखण्डमा बिहान ४ देखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन हुनेछन् ।
Read full story at source (reportersnepal.com)