भैरहवा नाकाबाट नेपाली वस्तु तेस्रो मुलुक निर्यातमा ६६.९६ प्रतिशतले बृद्धि
kendrabindu.com · Sat Aug 15 02:41:47 GMT 2026

भैरहवा । रुपन्देहीको भैरहवास्थित बेलहिया नाका हुँदै स्वदेशी उत्पादनको भारत तथा तेस्रो मुलुकमा निर्यात बृद्धि भएको छ । भैरहवास्थित भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष निर्यात बढेको हो । आर्थिक वर्ष २०८२/०८३ मा ६६.९६ प्रतिशतले निर्यात बृद्धि भएको हो ।
कार्यालयका अनुसार गत आर्थिक वर्ष ३४ अर्ब ९८ करोड ३५ लाख मूल्यका स्वदेशी वस्तु निर्यात गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा २० अर्ब ९५ करोड २६ लाख मूल्यका स्वदेशी उत्पादन भारत तथा तेस्रो मुलुक निर्यात गरिएका थिए ।
Read full story at source (kendrabindu.com)