इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
kendrabindu.com · Sat Aug 15 02:54:18 GMT 2026

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस टापुमा बिहानै ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएसँगै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ।
इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सी (बीएमकेजी)का अनुसार स्थानीय समयअनुसार बिहान ४ः५८ बजे भूकम्प गएको थियो। भूकम्पको गहिराइ १५ किलोमिटर थियो भने यसको केन्द्रबिन्दु पूर्वी नुसा तेङ्गारा प्रान्तको नागेकेओबाट करिब ३० किलोमिटर उत्तरपूर्व समुद्रमा रहेको थियो।
Read full story at source (kendrabindu.com)