प्रदीप र सनिशाको शुभ विवाह
newsofnepal.com · Sat Aug 15 02:55:30 GMT 2026

निर्देशक सुदर्शन थापाको निर्देशनमा नया फिल्म शुभ विवाह निर्माण हुने भएको छ। निर्माण टिमले राजधानीमा एक कार्यक्रम आयोजना गरी फिल्मका मुख्य कलाकार तथा प्राविधिक सार्वजनिक गरेको हो।
प्रियादर्शन फिल्म्स्को ब्यानरमा निर्माण हुने फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई मुख्य भूमिकामा रहनेछन्। उनीहरूस“गै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराय, कृष्ण ढुंगाना, विशाल पहाडी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईं, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ, रमेश बज्राचार्यलगायतको अभिनय रहनेछ। निर्देशक थापा र अभिनेता खड्काले यसअघि फिल्म प्रेम गीतमा सहकार्य गरेका थिए।
Read full story at source (newsofnepal.com)