सिरहाको कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति
onlinekhabar.com · Sat Aug 15 02:58:25 GMT 2026

३० साउन, सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको तार सर्ट भएर आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। राति करिब १ बजेको समयमा स्थानीय भनुवा मण्डलको घरमा विद्युत्को तार सर्ट भई अचानक आगलागी भएको हो।
आगलागीमा घरमा भण्डारण गरेर राखिएको खाद्यान्न, धान-चामल,गहु,केही नगद,प्लाइ,भाडाकुडा,लागयतका घरमा राखिएका खाधन समाग्री लगायतका विभिन्न सरसामान जलेर नष्ट भएको पीडित मण्डलले बताएका छन्।
Read full story at source (onlinekhabar.com)