बेलायतमा नेपाली कामदार जोखिममा
kendrabindu.com · Sat Aug 15 03:14:59 GMT 2026

लन्डन । बेलायतले वर्क परमिट लाइसेन्स खारेज गरेपछि अधिकांश कामदार रोजगारदारदाताको आर्थिक तथा मानसिक पीडा भोग्न बाध्य छन् । न उनीहरुलाई होलिडे पे छ, न पे स्लिप, न बिदा । आफ्नो तलबको कर पनि आफैं तिर्नुपर्ने अवस्था छ ।
बेलायत आइसकेर स्किल्ड वर्कर भिजा पाएका नेपाली पछिल्लोपटक ठगिने वा बिचल्ली हुने क्रम बढेको छ । अहिले डिग्री पूरा नगरी वर्क परमिटमा स्वीच गर्न नमिल्ने नियम लागू भइसकेको छ । बेलायत सरकारले सन् २०२५ जुलाईदेखि नियम थप कडा बनाएको छ । यस स्किममा मुख्यतया स्नातक तहको योग्यता भएका र वार्षिक कम्तीमा ४१ हजार ७०० पाउन्ड कमाउने कामदारहरू मात्र योग्य हुन्छन् ।
Read full story at source (kendrabindu.com)