स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ५.३९% ले घटेर २ अर्ब ८५ करोड कायम, लाभांश क्षमता १९.०४ प्रतिशत
clickmandu.com · Sat Aug 15 04:12:36 GMT 2026

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप सङ्कलन र गैर–ब्याज आम्दानीमा उल्लेखनीय सुधार देखिए पनि खुद ब्याज आम्दानीमा आएको सङ्कुचनका कारण खुद नाफामा सामान्य गिरावट आएको छ।गत आर्थिक वर्षमा बैंकले २ अर्ब ८५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को ३ अर्ब १ करोड २५ लाख रुपैयाँको तुलनामा ५.३९ प्रतिशतले कम हो।
नाफामा सामान्य गिरावट आउँदा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि अघिल्लो वर्षको ३० रुपैयाँबाट घटेर २८.४० रुपैयाँमा झरेको छ ।
Read full story at source (clickmandu.com)