नुवाकोट–काठमाडौं सिमानामा दुर्घटना, रोकिएको बस चिप्लिँदा माइक्रोसहित खोलामा खस्यो
nepalpress.com · Sat Aug 15 04:21:07 GMT 2026

काठमाडौँ । नुवाकोट–काठमडौँको सिमावर्ती क्षेत्र गुरुङ गाउँमा शनिबार बिहान गम्भीर दुर्घटना भएको छ । काठमाडौँको टोखा, झोरभन्दा अगाडि रोकिएको बस चिप्लिँदा अगाडि रोकिएको माइक्रो बससहित खोलामा खसेको छ ।
जिल्ला प्रहरी नुवाकोटका इन्स्पेक्टर बिरु भण्डारीका अनुसार घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको उनले बताए ।
Read full story at source (nepalpress.com)