नाफामा फर्कियो एनआईसी एसिया बैंक, सञ्चित घाटा १५ अर्ब नजिक
clickmandu.com · Sat Aug 15 04:45:02 GMT 2026

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको आव २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण अनुसार बैंक नाफामा फर्किए पनि केही महत्त्वपूर्ण सूचकहरूमा भने दबाब कायमै रहेको देखाएको छ ।
बैंकले गत आर्थिक वर्षमा १८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा उल्लेख्य सुधार हो । अघिल्लो वर्ष बैंक ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ खुद नोक्सानीमा रहेको थियो ।
Read full story at source (clickmandu.com)