ब्याज आम्दानी घट्दा पनि नेपाल बैंकको नाफा ४६ प्रतिशत वृद्धि, निक्षेपको वृद्धि कर्जाभन्दा दोब्बर
aarthiknews.com

काठमाडौं । ब्याज आम्दानीमा सामान्य गिरावट आए पनि खर्च नियन्त्रण, सञ्चालन दक्षता तथा अन्य आम्दानीमा सुधारसँगै नेपाल बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ४६.२० प्रतिशतले बढाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको ३ अर्ब ७ करोड ८० लाख रुपैयाँबाट खुद नाफा बढेर ४ अर्ब ५० करोड १ लाख रुपैयाँ पुगेको हो।
बैंकको नाफा वृद्धिको मुख्य विशेषता भने ब्याज आम्दानी बढेर नभई समग्र सञ्चालन परिणाममा आएको सुधार हो। बैंकको खुद ब्याज आम्दानी उल्टै १.०४ प्रतिशतले घटेको छ। तर सञ्चालन नाफामा उल्लेख्य वृद्धि भएपछि खुद नाफा विस्तार भएको देखिन्छ।
Read full story at source (aarthiknews.com)