विद्यमान कानुनबाटै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सकिने
nepalsamaya.com · Sat Aug 15 04:49:00 GMT 2026

काठमाडौं- नेपालमा विद्युत् उत्पादन बढ्दै गए पनि त्यसको आन्तरिक खपत तथा अन्तरदेशीय बजार विस्तारका लागि निजी क्षेत्रलाई विद्युत् व्यापारमा प्रवेश गराउनुपर्नेमा ऊर्जा क्षेत्रका सरोकारवालाले जोड दिएका छन्।
उनीहरूले नयाँ कानुनको प्रतीक्षा नगरी विद्यमान विद्युत् ऐन, २०४९ कै व्यवस्थाअनुसार निजी क्षेत्रलाई पावर ट्रेडिङको अनुमतिपत्र दिन सकिने बताएका हुन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आयोजना गरेको फ्राइडे फोरममा सहभागी ऊर्जा क्षेत्रका विज्ञ तथा सरोकारवालाले विद्युत् उत्पादनमा निजी क्षेत्रले ठूलो योगदान पु¥याइसकेको अवस्थामा व्यापारमा समेत निजी क्षेत्रको प्रवेश आवश्यक रहेको बताएका छन्।
Read full story at source (nepalsamaya.com)