निष्क्रिय कर्जा घट्दा नेपाल बैंकको नाफा ४६.१८ प्रतिशतले बढ्यो, लाभांश क्षमता १५.८४ प्रतिशत
clickmandu.com · Sat Aug 15 04:48:46 GMT 2026

काठमाडौं । कर्जा असुलीमा सुधार भई नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) राइटब्याक हुँदा नेपाल बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा बैंकले ४ अर्ब ५० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को ३ अर्ब ७ करोड ८० लाख रुपैयाँको तुलनामा ४६.१८ प्रतिशतले बढी हो । खुद नाफामा आकर्षण सुधार भएसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि अघिल्लो वर्षको २०.९५ रुपैयाँबाट बढेर ३०.६३ रुपैयाँ पुगेको छ ।
Read full story at source (clickmandu.com)